तालिबानले काबुल कब्जा गरेको एक हप्ता, अवस्था अझै अन्योलग्रस्त

  ।   २०७८ भाद्र ६, आईतवार ०७:४२

काठमाण्डौ । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको आज एक हप्ता पुगेको छ। एक हप्तामा विमानस्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । काबुल कब्जा गरेलगत्तै अफगानिस्तान छोड्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।

अफगानिस्तानको अवस्था अझै अन्योलग्रस्त छ । अफगानिस्तानको काबुल विमानस्थल नजिकबाट आफूहरुले विदेशी नागरिकलाई अपहरण नगरेको तालिबानले दाबी गरेको छ । काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको सैन्य समूहले उद्धारको काम गरिरहेको र अपहरणबारे आएका सूचना हल्ला मात्र भएको तालिबान अधिकारीलाई उदृत गरि समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तालिबान सदस्यले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेको तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले बताएका छन् । हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा झण्डै पाँच हजार अमेरिकी सेना खटाइएको तालिबानको दाबी छ ।

तालिबान समूहले काबुललाई आफ्नो कब्जामा लिएपछि प्रेस र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो समेत व्यक्त गरेको छ ।

Next Post

अफगानिस्थानमा रहेका बैतडीका नागरिकको विवरण संकलन

२०७८ भाद्र ६, आईतवार ०७:४२
बैतडी । जिल्ला प्रशासन कार्यालयले अफगानिस्तानमा रहेका बैतडीका नागरिकको विवरण संकलन गरिरहेको छ। अफगानिस्थानमा रहेका नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार यहाँका नागरिकको पनि विवरण संकलन गरिएको हो। बैतडी घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न प्रशासनले सूचना जारी गरेको छ। सबै स्थानीय […]