अफगानिस्थानमा रहेका बैतडीका नागरिकको विवरण संकलन

  ।   २०७८ भाद्र ६, आईतवार ०८:४२

बैतडी । जिल्ला प्रशासन कार्यालयले अफगानिस्तानमा रहेका बैतडीका नागरिकको विवरण संकलन गरिरहेको छ। अफगानिस्थानमा रहेका नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार यहाँका नागरिकको पनि विवरण संकलन गरिएको हो।

बैतडी घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न प्रशासनले सूचना जारी गरेको छ। सबै स्थानीय तहहरुलाई विवरण संकलनका लागि पत्राचार गरिसकिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताउनुभयो।

प्रशासनको पत्रअनुसार स्थानीय तहरुले वडा कार्यालयमार्फत विवरण संकलन गरिरहेका छन्। अफगानिस्थानमा रहेका व्यक्तिको नाम, जानुको कारण, बसोबास गरेको ठेगाना र सम्पर्क नम्बरसहितको विवरण संकलन भइरहेको सहायक प्रजिअ भारतीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भदौ ७ गतेसम्म संकलन गरी पठाउन स्थानीय तहहरुलाई भनेका छौं, त्यसपछि हामीले संकलित विवरण गृह मन्त्रालयलाई पठाउँछौं।’

Next Post

काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

२०७८ भाद्र ६, आईतवार ०८:४२
एजेन्सी । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी संगठन आइएसले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकाले एक सुरक्षा अलर्ट जारी गर्दै अमेरिकी नागरिकलाई काबुल विमानस्थलमा खतार रहेको बताएको हो। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकलाई धमाधम ओसारी रहेको छ। उद्धारको काम नसकिँदै […]