काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

  ।   २०७८ भाद्र ६, आईतवार ०८:४४

एजेन्सी । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी संगठन आइएसले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।

अमेरिकाले एक सुरक्षा अलर्ट जारी गर्दै अमेरिकी नागरिकलाई काबुल विमानस्थलमा खतार रहेको बताएको हो। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकलाई धमाधम ओसारी रहेको छ।

उद्धारको काम नसकिँदै आइएसले विमानस्थलमा आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले उद्धारको वैकल्पिक मार्ग खोजी भइरहेको समेत बताएको छ। काबुल विमानस्थलमा आइएसको आक्रमणबारे अमेरिकाले थप जानकारी दिएको छैन।

साथै आइएसलेसमेत विमानस्थलमा आक्रमणको कुनै चेतावनी दिएको छैन । विमानस्थलको टर्मिनल बाहिर लगातार भइरहेको भीड, प्रदर्शन र नाराबाजीका बीच अमेरिकाले यस्तो चेतावनी दिएको हो।

तालिबानले एक हप्ताअघि अफगानिस्तान कब्जामा लिएपछि हालसम्म विमानस्थलबाट १७ हजार मानिस बाहिरिएका छन्। हाल काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।

Next Post

महामारीमा सोवारिग्पा उपचार

२०७८ भाद्र ६, आईतवार ०८:४४
डोल्मा शेर्पा, सिन्धुपाल्चोक नेपालको हिमाली क्षेत्रमा परम्परादेखि नै अभ्यास गर्दै आएको सोवारिग्पा उपचार पद्धति कारोना महामारीकालमा पनि प्रयोगमा आएको छ । परम्परागत विधिबाट गरिने उपचार पद्धति समयअनुसार सुधार हुँदै आएको छ । ज्वरो, पखला लगातले बिरामी हुँदा नेपालका दुर्गम हिमाली भेगमा आम्चीहरुले नै उपचार गरिरहेकोमा अहिले प्रमुख सहरी इलाकामा बिस्तार […]