अल–जजीराकी एक पत्रकारको गोली हानी हत्या

  ।   २०७९ बैशाख २८, बुधबार १७:१४

संवाददाता ।

अल–जजीराकी एक पत्रकारलाई आज बिहान इजराइली सुरक्षा बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उहाँको मृत्यु भएको बताइएको छ ।

जेरुसेलममा रहेको अल–कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार घाइते हुनुभएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकारहरू इजरायली गोलीबारीबाट प्रभावित भएको बताएको छ । सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन ।

#पत्रकार                    #अल–जजीरा                     #रिपोर्टर

रातोपाटीबाट 

Next Post

नेता वामदेव गौतमले भोट नहाल्ने

२०७९ बैशाख २८, बुधबार १७:१४
संवाददाता । नेता वामदेव गौतमले यो पटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने हुनुभएको छ । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आउनुभएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय हुनुभएको छैन् । उहाँले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताउनुभयो । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ […]