नेता वामदेव गौतमले भोट नहाल्ने

  ।   २०७९ बैशाख २९, बिहीबार १५:५६

संवाददाता ।

नेता वामदेव गौतमले यो पटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने हुनुभएको छ । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आउनुभएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय हुनुभएको छैन् ।

उहाँले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताउनुभयो ।

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ को मतदाता रहनुभएका गौतमले भन्नुभयोे, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।’ गौतम राष्ट्रिय सभा सदस्य समेत हुनुहुन्छ ।

#वामदेव           #भोट

रातोपाटीबाट

Next Post

बाँकेको खजुरामा गठबन्धनका उम्मेदवारमाथी आक्रमण प्रयास

२०७९ बैशाख २९, बिहीबार १५:५६
बाँकेको खजुरामा गठबन्धनका उम्मेदवारमाथी आक्रमण प्रयास खजुर । बाँकेको खजुरा गाउँपालिकामा एमाले कार्यकर्ताले ‘कांग्रेस–माओवादी गठबन्धन’ को कार्यालय घेराउ गरी उम्मेदवारमाथी आक्रमण गर्ने प्रयास गरेका छन् । खजुरा गाउँपालिका वडा नम्बर ६ स्थित गिजरा बस्तीमा रहेको गठबन्धनको कार्यालयमा बसेर उम्मेदवारले शुक्रबार(भोली) हुने मतदानका विषयमा आन्तरिक रुपमा सर, सल्लाह गरिरहेको अवस्थामा एक्कासी […]

सम्बन्धित शीर्षक