एजेन्सी । भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जित्नु भएको छ ।
राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जित्नु भएको हो । उहाँलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ।
अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बन्नुभएको छ । उहाँहरु आइतबार राति भएको ग्रान्ड फिनालेमा विजेता घोषित हुनुभएको थियो।
१२ घण्टासम्म चलेको ग्रान्ड फिनालेमा राती अबेर विजेता घोषणा गरिएको थियो। २४ वर्षे पवनदीप गायनका साथै वाद्यवादनमा समेत पोख्त हुनुहुन्छ ।




