हाइटीको भूकम्पमा ज्यान गुमाउनेको संख्या करीब १३ सय पुग्यो, भग्नावशेषमा अझै थुप्रै पुरिएको आशंका

  ।   २०७८ श्रावण ३२, सोमबार ०७:१७

एजेन्सी । क्यारेबियन मुलुक हाइटीमा हिजो गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १२ सय नाघेको छ । हाइटीको नागरिक प्रतिरक्षा एजेन्सीका अनुसार अहिलेसम्म १२ सय ९७ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

भग्नावशेषमा अझै थुप्रै पुरिएको आशंका गरिएकोले मृतकको संख्या बढ्नसक्छ । हाइटीको दक्षिणी प्रशाशनिक क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

त्यहामात्रै हजार जनाभन्दा बढीले ज्यान गुमाएका छन् । देशभर आपतकाल घोषणा गरेर उद्धार तथा राहत कार्यलाई तिव्रता दिईएको छ । हाइटीको राजधानी पोर्ट–अउ–प्रिन्सबाट १ सय २५ किलोमिटर टाढा केन्द्र बनाएर ७ दशमलव २ म्याग्नेच्युडको भूकम्प जाँदा ब्यापक जनधानको क्षती भएको हो।

Next Post

युवा पुस्ताका लागि घातक ओसीडी, यी हुन् लक्षण

२०७८ श्रावण ३२, सोमबार ०७:१७
काठमाडौं । स्वयम्भू काठमाडौंका २४ बर्षीय अनिल (नाम परिवर्तन) परिवारसँग धेरै बेरसम्म घुलमिल भएर धेरै समय बस्न सक्दैनन् । पढाइमा ध्यान लगाउन सक्दैनन् । उनलाई पटक–पटक ५र६ वर्ष अगाडिका घटनाहरुले सताइरहन्छ । नकारात्मक कुराहरु दिमागमा खेलिरहन्छन् । कुनै नकारात्मक समाचार, घटना भिडियोहरु देख्दा त्यही कुरा आफ्नो जीवनमा पनि होला की […]