’नेपाल ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन सुरु

  ।   २०७९ जेष्ठ २, सोमबार १६:१६

संवाददाता ।

नयाँ टेलिभिजन रियालिटी सो ’ट्यालेन्ट हन्ट’ को अडिसन सुरु भएको छ । निर्माण संस्था साइना साहारा ग्रुपले अडिसन खुला गरेको हो ।

निर्माता टेकप्रसाद बाँस्तोलाले मुलुकका धेरै प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले रियालिटी सो निर्माण हुन लागेको बताउनुभयो । गायन, नृत्य, अभिनय, कमेडी विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० लाख रुपैयाँ नगद प्राप्त गर्ने बताइएको छ ।

कार्यक्रमको निर्णायकमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहनुभएको छ । अडिसनमा भाग लिन चाहनेले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ पठाउनुपर्ने भएको छ । असोजमा विजेता छनौट हुने आयोजकले जनाएको छ ।

#ट्यालेन्ट_हन्ट  

Next Post

नेपालगन्ज-४ मा माओवादीका पुन बिजयी

२०७९ जेष्ठ २, सोमबार १६:१६
   नेपालगन्ज : स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका  वडा नं ४ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार गोपाल पुनको  जीत भएको छ । सो वडाको क्षेत्र अघिल्लो स्थानीय चुनाबमा राप्रपाले जित हासिल गरेको थियोे । तर यस पटकको चुनावमा  राम्रो छबि भएका पुनलाई जनताको साथ रहेको […]