‘तिम्रो मेरो साथ’को डबिङमा पुष्प र साम्राज्ञी

  ।   २०७८ असार १७, बिहीबार ०७:२०


काठमाडौं । चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ सुरु भएको छ । रेड स्टूडियोमा चलचित्रको डबिङ सुरु गरिएको निर्माणपक्षले बताएको छ । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।

चलचित्रका लागि मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङ गरेका छन् । यो चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । यो चलचित्रलाई नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

नेपालमा भने दशैं र तिहारको विचमा रिलिज गरिनेछ । बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा पुष्प र साम्राज्ञीको साथमा सरोज खनाल, सन्दिप क्षेत्री, खगेश्वर पुन मगरको अभिनय छ । अनलाइन खबर

Next Post

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्ष पुरा, राष्ट्रपति सीले देशबासीलाई सम्बोधन गर्ने

२०७८ असार १७, बिहीबार ०७:२०
एजेन्सी । चीनले आफ्नो सत्तारुढ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वार्षिकोत्सव मनाइरहेको छ । दिवसको अवसरमा राष्ट्रपति सी चीनफिङले देशबासीका नाममा सम्बोधन गर्ने बताइएपनि औपचारिक कार्यक्रमको बारेमा केही जानकारी गराइएको छैन । चीनले हालैका हप्ताहरुमा आफ्नो सत्तारुढ पार्टीको इतिहासका बारेमा विभिन्न प्रचारहरु गर्दै आएको छ । यता हङकङले पनि आफ्नो […]

सम्बन्धित समाचार