राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल सर्वसम्मत निर्वाचित

  ।   २०७९ माघ २३, सोमबार १६:३४
 संवाददाता ।

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।

आज राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको हो ।

उहाँले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताउनुभयो । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने बताउनुभयो ।

आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने उहाँको भनाइ छ । त्यस्तै, महिलाहरुका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उहाँले बताउनुभयो ।

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेको बताउनुभयो ।

आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरुले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उहाँको भनाइ छ ।

गोरखापत्र अनलाइनबाट

Next Post

बाँके युनेस्कोद्धारा तीन महिने सिलाई कटाई तालिमका सहभागिलाई प्रमाणपत्र वितरण

२०७९ माघ २३, सोमबार १६:३४
नेपालगञ्ज । बाँके युनेस्को क्लबले पिडित महिला तथा युवतीहरुको आत्मनिर्भरताका लागि तीन महिने सिलाई कटाई तालिम प्रदान गरेर प्रमाणपत्र र सामाग्री वितरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा तथा रुपान्तरण ( प्रोटेक्ट ) परियोजना अन्तर्गत बाँकेका चार पालिकाका घरेलु हिंसा, लैंगिक हिंसा, यौन हिंसा […]