चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च

  ।   २०७८ श्रावण २४, आईतवार ०७:४९


एजेन्सी । सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको त्यहाँको राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले जानकारी दिएको छ।

अगष्ट ७ तारिखमा दिएको तथ्यांक अनुसार चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ।

वैदेशिक मुद्रा सञ्चिति यस वर्षको जुन महिनाको तुलनामा २१ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ। त्यस्तै वृद्धि दर ०।६८ प्रतिशतले बढेको छ।

राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागका प्रवक्ता वाङ छुनयीङले चीनको वैदेशिक मुद्रा बजारको माग र आपूर्ति सन्तुलित रहेको र बजारको भविष्य पनि स्थिर रहनसक्ने दाबी गरेका छन्‌।​​

चिनियाँ अधिकारीका अनुसार कोभिड महामारी गम्भीर भएको, मुख्य मुलुकका मुद्रागत नीतिको अनुमान र समष्टिगत आर्थिक तथ्यांक लगायतका कारक तत्वको प्रभावस्वरूप अमेरिकी डलर बाहेकका मुद्राहरूको मूल्य बढेको छ।

Next Post

खोपलाई व्यवस्थित बनाउन खोप केन्द्र र स्वास्थ्यकर्मी बढाउँदै लैजान्छौँ : स्वास्थ्य मन्त्रालय

२०७८ श्रावण २४, आईतवार ०७:४९
काठमाण्डौ । आयात बढेसँगै सरकारले १८ वर्ष माथिका सबैलाई खोप दिने लक्ष्यअनुसार खोप केन्द्र बढाउँदै लैजाने भएको छ । यसले खोप केन्द्रमा देखिएको भीड व्यवस्थित गर्न सहयोग पुग्ने छ । खोप अभियानलाई व्यवस्थित गर्नकै लागि मन्त्रालयले अनलाइनमार्फत नाम दर्ता गर्न पनि थालेको छ । यस्तै, खोपलाई कार्यक्रमलाई प्रभावकारी ढङ्गले चलाउन […]