आज बाँकेमा जम्मा १२ जनामा कोरोना पुष्टि

  ।   २०७७ भाद्र १४, आईतवार २०:४०

नेपालगन्ज । बाँके जिल्लामा १२ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । आज सोमबार भेरी अस्पताल नेपालगन्जको PCR ल्याबबाट १० जना र बागेश्वरी ल्याबबाट २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य पर्शन नरेश श्रेष्ठले जारी गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

बागेश्वरी ल्याबमा १ महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखा परेको हो । ११ जना पुरुष र १ महिला गरि जम्मा १२ जनामा कोरोना पुष्टिको रिपोर्ट बाहिर ल्याइएको हो । जिल्लामा जम्मा १ हजार २ जनामा कोरोना संक्रमित भएका छन् भने ७ सय २७ जना डिस्चार्ज भएर घर गएका छन् ।

विभिन्न आइसोलेसनमा २ सय ६९ जना उपचाररत छन् । जिल्लामा ६ जनाको मृत्यु भैसकेको छ । आजै डिस्चार्ज भएर जानेको संख्या २४ जना कोरोना जितेर घर फर्केका छन् ।

Next Post

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि ढुक्क संग तयारी गर्नुहोस्

२०७७ भाद्र १४, आईतवार २०:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको […]