सम्बन्ध विच्छेद गर्दै आमिर र किरण, जारी गरे संयुक्त वक्तव्य

  ।   २०७८ असार २०, आईतवार ०७:२८

एजेन्सी । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावलेसँग अलग हुने निर्णय गरेका छन् । आमिर र किरणले सहमतिमै सम्बन्ध विच्छेदको तयारी गरेको भारतीय मिडियाले जनाएका छन् ।

२८ डिसेम्बर २००५ मा उनीहरूको विवाह भएको थियो । आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेरै सम्बन्ध विच्छेदबारे जानकारी दिएका छन् । १५ वर्षको सहयात्रा राम्रो र खुसीका साथ चलेको उनीहरूले बताएका छन् ।

आफूहरूले सहमतिमै एकार्काबाट अलग भएर बस्ने निर्णय गरेको उनीहरूको वक्तव्यमा उल्लेख छ । जिन्दगीको नयाँ अध्याय सुरु गर्न लागेको पनि उनीहरूले जानकारी दिएका छन् ।

अलग भए पनि फिल्म दुनियाँमा सहकार्य जारी रहने बाचा आमिर र किरणको छ । छोरा आजादको अभिभावकत्व दुवैले निर्वाह गरिरहने घोषणा पनि आमिर र किरणले गरेका छन् । उनीहरूले यो निर्णय लिन परिवार र आफन्तले समेत सहयोग गरेको बताएका छन् ।

 

– ImageKhabar

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुवै डोज खोप लगाउँदा कोरोनाबाट ९८ प्रतिशत सुरक्षित

२०७८ असार २०, आईतवार ०७:२८
एजेन्सी । कोभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ। भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ। भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान […]