अबैध लागु औषधसहित दुई जना पक्राउ

  ।   २०८० माघ १४, आईतवार १३:२७

नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जना पक्राऊ परेका छन ।

पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय बिकल्प पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

बाँकेका ८१ वडा मै कांग्रेसका जिल्ला प्रतिनिधि खट्दै

२०८० माघ १४, आईतवार १३:२७
नेपालगन्ज, । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँकेमा ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटिने भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको आज बसेको वैठकले ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको हो । जिल्ला सभापति नारायणप्रसाद गौडेलको अध्यक्षता एवम् ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँके प्रतिनिधि केन्द्रीय सदस्य […]