राष्ट्रिय मुक्तिमोर्चा नेपाल नेपालगन्जको भेला फागुन २४ गते हुँदै

  ।   २०७८ फाल्गुन २३, सोमबार २३:०७

नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय मुक्तिमोर्चा नेपाल नेपालगन्ज उपमहानगरपालिकाको भेला भोलि फागुन २४ गते दिउँसो २ बजे हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष रतन बहादुर शाहीका अनुसार उपमहानगरका ३ वटै कमान्डरका संयोजक, सह संयोजक, उपमहानगर समिति सदस्य, वडा अध्यक्ष र मुक्तिमोर्चाका सदस्यहरुलाइ अनिवार्य उपस्थित गराउन निर्देश गरिएको छ ।

मंगलबार दिउँसो २ बजे नेपालगन्ज उद्योग बाणिज्य संघको सभाहलमा गरिने सो कार्यक्रम भब्यरुपमा गरिने उपमहानगर शाहीले गुडन्युजखबर डटकम लाई जानकारी गराउनु भयो । संगठन सुदृढीकरणको अभियानमा जुटेको उपमहानगर पार्टीले फागुन पहिलो हप्ता देखि विभिन्न कार्यक्रम गर्दै आएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपालगन्जका २३ वटै वडाहरुमा संगठन सुदृढीकरण अभियान तिब्र गतिमा बढेको उपमहानगर उपाध्यक्ष वसन्त मल्लले बताउनु भयो ।

Next Post

एमसीसी लगायतका विविध बिषय गूडन्यूजको नयाँ अंक

२०७८ फाल्गुन २३, सोमबार २३:०७
गूडन्यूजको नयाँ अंक पुरा पढ्नको लागी यो लिंक खोल्नुहोस । Goodnews