भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने

  ।   २०७७ आश्विन ४, आईतवार ०९:०३

काठमाण्डौ । भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।

भोलि पूर्वबाट पानी पार्ने केही प्रणाली नेपाल प्रवेश गर्न लागेकाले पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भोलि बेलुकी प्रवेश गर्ने प्रणाली देशभरि नै फैलिएर यो हप्ता पानी पर्ने क्रम बढ्ने देखिएको हो । केही ठाउँमा भने ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको पनि जोखिम बढ्ने देखिएको छ । आज भने देशभरिकै मौसम आंशिकदेखि सामन्य बद्ली भएर थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बद्ली रहेर प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।

Next Post

तेल ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

२०७७ आश्विन ४, आईतवार ०९:०३
काठमाण्डौ । धादिङमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । गल्छी गाउँपालिका ६ को सुत्केरी ढुङ्गाबाट त्रिशूली नदीमा खसेको ट्याङ्करमा आगो लागिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीकाअनुसार ट्याङ्कर मध्यरातमा त्रिशूली नदीमा खसेको हो र यसबारे थप विवरण आउन बाँकी छ । उज्यालो अनलाइन फोटो : […]