आप्रवासीको अधिकारका लागी समन्वय सहकार्यमा जोड्

  ।   २०७७ पुष ३, शुक्रबार १५:१८

संवाददाता, नेपालगंज ।
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्षको डिसेम्बर १८ को दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने गरेको छ ।

आप्रवासीहरुमाथि हुने विभेदलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघबाट सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका पारिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित भएको थियो ।

यो महासन्धि सन् २००३ जुलाई १ देखि लागू गरेपछि आजकै दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउन थालिएको हो ।

दिवसकै अवसर पारी बाँकेको नेपालगंजमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण तथा सम्र्बधनमा आमसंञ्चारकर्मीको भूमिका’ बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगंजका कार्यालय प्रमुख झंकर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा आप्रवासी कामदारले भोगेका समस्या, विद्यमान नीति तथा ऐन कानुन कार्यन्वयनको अवस्था लगायतका बिषयमा छलफलमा गरिएको छ ।

छलफलमा सहभागी हुदै अधिकारकर्मी सुरेश कुमार गौतम, कमला पन्त, पत्रकार झलक गैरे, अधिवक्क्ता बसन्त गौतम, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका राम विक्रम चन्द, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शुक्रऋषि चौलागाई, बाँँके शाखा अध्यक्ष ठाकुरसिंह थारु लगायतले सर्वपक्षिय समन्वय र सहकार्यमा जोड्नु भएको छ ।

‘सबैका लागी घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका साथ आयोजित कार्यक्रमका लागी राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगंजले नेपाल पत्रकार महासंघ बाँके शाखा सँग सहकार्य गरेको थियो ।

Next Post

संघिय संसद विघटन

२०७७ पुष ३, शुक्रबार १५:१८
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज दिउँसो संसद विघटन गर्नुभएको हो । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ । ’संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं […]