पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि दुई जनाको मृत्यु

एक सातामा बाघको आक्रमणबाटै ४ जनाको मृत्यु

  ।   २०७७ कार्तिक ११, मंगलवार १८:५०

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट फेरि २ जनाको ज्यान गएको छ। पाटेबाघको आक्रमणबाट नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको बर्दियाको मधुवन नगरपालिकामा मंगलबार दिउँसो दुई जनाले ज्यान गुमाए छन्।

मंगलबार बिहानै सामुदायिक वनमा च्याउ खोज्न गएका मधुवन नगरपालिका–३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी दिउँसोसम्म नआएपछि आफन्तहरु खोजी गर्न गएका थिए। प्रहरी र स्थानीय खोजी गर्न जाँदा २६ वर्षीय रमेश थारुलाई बाघले खाएको भेटिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिनुभयो।

नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय धनौरा नजिक बेलझुण्डी सामुदायिक वनमा उनलाई बाघले खाएको वाग्लेले बताए। दुई जनाको शव जंगलभित्र फेला परेको थियो।

बिहान हराएका दिनेशलाई खोजी गर्न जाँदा दुवैको शव भेटिएको मधुवन–३ का वडाध्यक्ष नारायण मल्लले बताए। बाघको आक्रमणमा परी ज्यान गुमाएकाहरु नाताले सालाभेना हुन्।

‘मान्छे मार्ने बाघ तत्काल नमारे शव नबुझ्ने आफन्तहरुले बताएका मल्लले बताए। एक सातामै आफ्नो वडाका ४ जनालाई मार्ने बाघ तत्काल नियन्त्रणमा लिनुपर्ने वडा अध्यक्ष मल्लले पनि माग गरेका छन्।

एक साताअघि बाघको आक्रमणमा परी सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन–३ कै एक महिलाको ज्यान गएको थियो। यस्तै झण्डै ३ हप्ताअघि माछा मार्न गएका मधुवनकै एक किशोरलाई पनि बाघले मारेको थियो।

पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्दै गएका छन्। बाघले गाउँमै पसेर तथा जंगल गएका स्थानीयलाई आक्रमण गरी ज्यान लिन थालेपछि स्थानीय त्रसित भएका छन्। -thahakhabar

Next Post

Corona infection to Chief District Officer Kurumwang of Banke

२०७७ कार्तिक ११, मंगलवार १८:५०
Nepalgunj / Chief District Officer of Banke Ram Bahadur Kurumwang has tested positive for corona virus. He informed that the virus infection has been confirmed through the social network Facebook. Kurumwang has also requested all those in contact with him to take special precautions as the infection has been confirmed […]

सम्बन्धित समाचार