जब्दीघाटको पुल बबई नदीमा बग्यो (फोटो फिचर)

  ।   २०७९ आश्विन २५, मंगलवार १४:५६

संवाददाता, गुलरिया । 

निर्माण कार्य सम्पन्न नहुदै भास्सिएको बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाटको पुल लगातारको बर्षा सगैं बबई नदीमा बगेको छ ।

यसले दुई पालिकाको आवागमनलाई झनै सास्तीपूर्ण बनाईदिएको छ । निर्माण ब्यवासायि पप्पु कन्ट्रसनले उच्च गुणस्तरको पुल नबनाईदिदाँ वारपारका लागी फेरी पुरानै दिन फर्किएको स्थानीयको भनाई छ ।

बाँकी रहेको पुलको भाग पनि जोखिम पूर्ण भएकाले तत्कालै भत्काएर नयाँ पक्की पुल निर्माण गरिनुपर्ने स्थानीयको माग छ ।

२०७१ सालको बाढी यता विभिन्न राजनीतिक दलका नेताहरुले नयाँ पक्की पुल बनाउने भनी गरेको प्रतिबद्ध अर्को चुनाव आउँदा समेत पुरा नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन ।

  • तस्विर स्रोत भीम उचै ठकुरी

 

Next Post

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र प्रकाशित गरिने

२०७९ आश्विन २५, मंगलवार १४:५६
संवाददाता । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र प्रकाशित गर्ने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९-०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा […]