सडकमा छाडा पशुचौपाय छोड्ने ब्यक्तिलाई ६ महिनाको सजाय

  ।   २०७९ मंसिर ६, मंगलवार १६:१७

संवाददाता ।

भारतमा गुजरात राज्यको एक अदालतले सडकमा छाडा पशुचौपाय छोड्ने ब्यक्तिलाई ६ महिनाको सजाय फैसला सुनाएको छ ।

अदालतले सडकमा गाइबस्तु छोड्ने कार्य बढेको र त्यसले सडक दुर्घटना पनि बढाएको भन्दै प्रकाश जयराम देसाई नाम गरेका ब्यक्तिलाई ६ महिनाको सजाय सुनाएको हो ।

भारतीय राज्य मध्येको एक गुजरातमा गाइको हत्या गर्नु अपराध मानिन्छ । २०१७ मा गुजरात राज्य सरकारले गाइको रक्षा गर्नका लागी भन्दै कानून बनाई कार्यन्यवन ल्याएको थियो । जसमा गौ हत्या गर्नेलाई जन्मकैदको ब्यवस्था छ ।

गुजरात राज्यमा छाडा पशुचौपायको समस्या पनि बढ्दै गएको बीबीसी हिन्दीले जनाएको छ ।

Next Post

एघार सय सैतिस मतान्तरका साथ नमुना विजयी

२०७९ मंसिर ६, मंगलवार १६:१७
नागरिक उन्मुक्ती पार्टीका सोमराज चौधरीलाई १ हजार १ सय ३७ मतान्तरले हराउँदै नेतृ कृष्णा बिहीबार राती निर्वाचित हुनु भएको हो । नमुनाले ९ हजार १ सय ३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी चौधरीले ७ हजार ९ सय ६६ मत ल्याउनु भएको थियो । यस्तै तेस्रो स्थानमा आएका राप्रपाका नरेन्द्र […]