मेडिकल कलेजका स्वास्थ्यकर्मी, कर्मचारीको आन्दोलन प्रति कोभिड–१९ मानवअधिकार अनुगमन समितिको चासो

  ।   २०७८ श्रावण ५, मंगलवार १६:३८

संवाददाता, नेपालगंज
बाँकेमा लगातार ५ दिन यतादेखी नेपालगंज मेडिकल कलेजका स्वास्थ्यकर्मी, कर्मचारी तलव माग्दै आन्दोलनमा छन ।

यसैबीच आज राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय नेपालगंज अन्र्तगत गठित कोभिड–१९ मानवअधिकार अनुगमन समितिले अस्पताल ब्यवस्थापन पक्ष र आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारी सँग भेट गरी त्यहाँको अवस्था बारेमा जानकारी लिएको छ ।

अनुगमनमा गएको समितिले दुबै पक्षलाई वार्तामा बसी समस्या समाधान गर्न आग्रह पनि गरेको छ ।

प्रबन्ध संञ्चालक डाक्टर सुरेश कुमार कनोडिया नेतृत्वमा रहेको नेपालगंज मेडिकल कलेजमा करिब १ हजार ४ सयको बराबरीमा स्वास्थ्यकर्मी, कर्मचारी रहेको बताईन्छ ।

अस्पताल घाटामा गएको, शेयर विक्री हुन लागेको चर्चाका बीच शुरु भएकोे अनिश्चितकालिन आन्दोलन रोक्न दुबै पक्ष आफनो अडानबाट पछि नहटेकोले तत्काल वार्ताको संम्भावना भने कमै देखिन्छ ।

यसपटकको आन्दोलन विगतको भन्दा कडा बनाउदै लैजाने आन्दोलनरत पक्षको योजना छ । स्वास्थ्यकर्मी, कर्मचारीले अस्पताल प्रशासन, ब्यवस्थापन समक्ष ६ बुँदे माग अघि सारेका छन ।

जसमा २०७५ मंसिर देखी २०७७ असार सम्म काटेको सामाजिक सुरक्षा बापतको ३१ प्रतिशत रकम फिर्ता गर्नुपर्ने, उपदान बापतको रकम फिर्ता गर्नुपर्ने, फरक तलव बापतको रकम फिर्ता गर्नुपर्ने, कोभिडको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, ३ महिनाको तलव उपलब्ध गराउनुपर्ने, १६ जना कर्मचारीको पुर्नवहाली हुनुपर्ने माग रहेका छन ।

फोटो : बसन्त गौतम, अनुगमन समितिका एक पदाधिकारी, को फेसबुकबाट…

 

यो पनि पढ्नुहोस ।

श्रमको ज्याला माग्न आन्दोलन नै गर्नुपर्ने बाध्यता नर्सिङ्ग प्रशासकले साथ नदिएको गुनासो, अस्पताल प्रशासन–ब्यवस्थापनको धम्की

Next Post

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि, अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाइने

२०७८ श्रावण ५, मंगलवार १६:३८
काठमाण्डौ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मङ्गलवार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ […]