नेपालगन्ज । आज शुक्रबार बाँकेमा १९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । जसमध्ये १० जना महिला र ९ जना पुरुष रहेका छन् ।
स्वास्थ्य फोकल पर्शन नरेश बाबु श्रेष्ठका अनुसार नेपालगन्ज भेरी अस्पताल PCR बाट १५ जना र बागेश्वरी ल्याबबाट ४ जनामा कोरोना पोजेटिभ देखाएको छ । अहिले सम्म जम्मा कोरोना संक्रमितहरुको संख्या ९ सय ७५ पुगेको छ भने ६ सय ९३ जना डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेसनमा २ सय ७६ जना संक्रमितहरु उपचाररत छन् भने ६ जनाको ज्यान गएको छ ।
फोकल पर्शन श्रेष्ठले बाँके जिल्ला भित्रका ८ स्थानीय तहका कोरोना संबन्धी जानकारी, सूचना, संक्रमितको अवस्था, आइसोलेसनको अवस्था र कोरोना संक्रमणको लक्षण देखापरे सम्पर्क व्यक्तिको नाम पद र सम्पर्क नम्बर समेत उल्लेख गर्नु भएको छ । जसलाई यसरी राखिएको छ ।
लक्षण देखापरे सम्पर्क गर्नु पर्ने व्यक्तिहरू :
बाँकेमा PCR जाँच आजसम्मको अवस्था र विरामीको अवस्था :
बाँके जिल्लाका ८ स्थानीय तह अन्तर्गत क्वारेन्टाइनमा बसेकाहरुको विवरण :
आइसोलेसनमा सेवा र PCR जाँच सम्बन्धी विवरण :
आइसोलेसनमा भर्ना भएका विरामी संख्या : आइसोलेसन सेन्टर तथा अस्पतालमा दिइएको सेवा विवरण :