समाचारदाता
नेपालगन्ज । बाँके युनेस्को क्लबले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आइतवार महिला बालबालिका तथा मानव बेचविखनका सवालमा मुख्य सरोकारवालाको सहभागितामा भर्चुअल रेडियो बहस कार्यक्रम सम्पन्न गरेको छ ।
मानव बेचविखनविरुद्धको अभियान, रोकथाम नै समाधान भन्ने नाराका साथ प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबले आयोजना गरेको सो बहस कार्यक्रममा सरकारले महिला तथा बालबालिकाहरुको पुर्नस्थापना केन्द्र निमार्ण तथा आवश्यकता अनुसारको सिप प्रदान गरि आयआर्जन तर्फ उन्मुख बनाउने किसिमको ठोस योजना ल्याउनुपर्ने कुरामा सबैको जोड रहेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले प्लानको सहयोगमा क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा कृष्णसार एफ एमले रेडियो बहस आयोजना गरेको बताउनुभयो ।
कृष्णसार एफएमले प्रत्यक्ष प्रशारण गरेको सो बहस कार्यक्रममा सहभागिहरुले महिला तथा बालबालिकाका समस्या समाधानका लागि उनीहरुको पुनस्र्थापना गरि दिर्घकालिन रुपमा बाच्न सक्ने गरि सरकारले व्यवस्थापन गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए ।
बहसमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले महिलासँग सम्वन्धित सवाललाई व्यवस्थापन गर्न समन्वयकारी भुमिका निर्वाह गरिरहेको बताउँदै महिलाहरुका प्रहरीमा उजुरी दर्ता, बयान फेर्ने समस्या तथा राजनितिक प्रभावको समस्यालाई समाधानतर्फ पहलगर्ने प्रतिबद्धता गर्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले महिला तथा बालबालिकाका सवालमा स्थानीय तहले पहिलो प्राथमिकताका साथ कार्यक्रम अघि बढाएको जनाउँदैआगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सिमा नाकासंग जोडिएको बाँके जिल्लामा मानव बेचविखनका घटनाहरु बढी हुने भएकाले महिलाहरुको संरक्षण तथा सम्वर्द्धनका लागि विशेष रणनिति बनाएर अघि बढनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले प्रहरीले महिला तथा बालबालिकाहरुको अधिकार र समस्यालाई सबै भन्दा बढी प्राथमिकता दिएर काम गरिरहेको जनाउँदै प्रहरीबाट सम्पादन हुने कार्य तथा प्रगतिका बारेमा जानकारी गराउनुभयो।
कानून व्यवसायी सुनिता शर्माले महिला तथा बालबालिकाका सवालहरुमा कानूनी उपचार तथा न्याय सम्पादनको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।
<span;>बहसको शुरुमा नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले महिला अधिकार दिवसबारेमा चर्चा गर्नु भएको थियो भने बाँके युनेस्को क्लबका परियोजना संयोजक बसन्त विसीले परियोजनाका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
पत्रकार राकेशकुमार मिश्रले सहजीकरण गर्नु भएको रेडियो बहसमा करिब दुई दर्जन अधिकारकर्मी तथा अगुवाहरुको सहभागिता रहेको थियो ।