बाँकेमा कोरोना संक्रमित संख्या दुई हजार ८०३ पुग्यो, ५९९ जना संक्रिय संक्रमित

  ।   २०७७ कार्तिक ४, मंगलवार २०:०७

बाँके । मंगलबार बाँके जिल्लामा संचालनमा रहेका ३ वटा पीसीआर ल्याबबाट ७४ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज संक्रमित हुनेमा २६ जना महिला र ४८ जना पुरुष रहेका छन् । योसँगै बाँके जिल्लामा जम्मा कोरोना संक्रमित संख्या दुई हजार ८०३ जना पुगेको छ ।

यस्तै आज ६६ जना निको भई डिस्चार्ज भएसँगै निको हुनेको संख्या दुई हजार १७५ जना पुगेको छ ।

डीसीसीएमसी बाँकेका अनुसार जिल्ला भित्रका २९ जना र जिल्लाा बाहिरका यस जिल्लामा १४ जना गरि ४३ जनको मृत्यु भएको छ ।

हालसम्म बाँकेमा ५९९ जना संक्रिय कोरोना संक्रमित उपचाररत छन् ।

 

Next Post

सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

२०७७ कार्तिक ४, मंगलवार २०:०७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ सङ्क्रमित ब्यक्ति वा परिवारले घोषणा गरेमा परीक्षण र उपचार खर्च सरकारले बेहोर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचार खर्च नागरिकले नै बेहोर्नेपर्ने निर्णयको तीब्र आलोचना भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातार दोस्रो दिन उपचारबारे प्रष्ट्याएको हो । मन्त्रालयले दैनिक […]