रोल्पा नगरपालिका ५ कोछापमा भिषण आगलागी

  ।   २०८० जेष्ठ १९, शुक्रबार २१:१९

रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर ५ जेडबाङ, कोछापको मान्द्रे सामुदायिक वनमा विहीबारदेखि लागेको भिषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । सो आगलागी अब गाउँमा आउन सक्ने सम्भावना बढेको वडा अध्यक्ष टोपबहादुर वि.क. (संगीन) ले बताउनुभयो ।

उहाँका अनुसार हिजोदेखि रुन्टीगढी सामुदायिक वनबाट भएको आगलागीले अब रातको समयमा गाउँ पस्न थालेको बताउनुभयो । अस्थायी प्रहरी पोष्ट गोगनपानी चौकि र गाउँका मानिसहरूले आगो नियन्त्रणमा ल्याउन प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छेैन । वडा अध्यक्ष सो वनमा भएको आग्लागी नियन्त्रण नहुने हो भने गाउँलाई क्षति हुन सक्ने बताउनुभएको छ । प्रहरी र गाउँका मानिसका अनुसार बच्चाहरू खेल्ने क्रममा आगो लगाएको हुन सक्ने अनुमान गरिएको छ । आगो गाउसम्म फैलन सक्ने सम्भावना रहेको हुदा गाउँमा त्रास बढेको छ ।

यसलाई नियन्त्रणमा लिनका लागि सबै वडाबासीहरुलाई अध्यक्षले आह्वान समेत गर्नुभएको छ । यो गर्मी याममा आगलागीबाट निकै समस्या हुने र गाउँहरु नै नस्ट हुने भएकाले यसबाट सावधानी हुन स्थानीय संचार माध्यमबाट  अपिल गरिएको छ ।

Next Post

सरकारी गाडी उपाध्यक्ष बानोद्वारा चरम दुरुपयोग

२०८० जेष्ठ १९, शुक्रबार २१:१९
बाँके । बाँकेको डुडुवा गाँउपालिकाको सरकारी गाडी चरम रुपमा दुरुपयोग भएको भेटिएको छ । डुडुवा गाँउपालिकाकी उपाध्यक्ष साहिदा बानोले आफ्नो निजि कामकाजका लागि सरकारी गाडीको प्रयोग गर्दै आईरहेको भेटिएको छ । उपाध्यक्ष बानो शनिबार दिउँसो निजि कामकाजका लागि सरकारी गाडी प्रयोग गरि नेपालगन्जका विभिन्न ठाउँमा पुगेको देखेपछि पत्रकाहरुले प्रत्येक्ष फिटो […]

सम्बन्धित समाचार