महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा

  ।   २०७८ मंसिर २६, आईतवार १३:५६

संवाददाता ।

नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ ।

आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि संघले आज अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरणमा १२ सदस्सीय टोलीको घोषणा गरेको हो ।

छनोट हुने नेपाली टोलीमा कप्तान अरुणासहित, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सलिना श्रेष्ठ रहनुभएको छ ।

प्रशिक्षणमा रहेका १५ खेलाडीमध्ये सरस्वती जैशी, निरुता ठगुन्ना र कविता भट्ट भने टोलीमा पर्न सक्नुभएन ।

Next Post

एनजीओको भरमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको मुद्दा

२०७८ मंसिर २६, आईतवार १३:५६
प्रेम विश्वकर्मा, नेपालगंज । मानव बेचविखन गर्नु, गराउन सहयोग गर्नु जघन्य अपराध हो । नेपाल र भारत बिचको सिमाना सन् १८१६ मा भएको सुगौली सन्धी अनुसार १ हजार ७ सय ७० किलोमिटर रहेको तथ्यांकले देखाउँछ । यही खुल्ला सिमानाको फाइदा उठाउदै दलालहरुले मानिसहरुलाई ख्याल–ख्यालै बेचविखनमा पार्ने गर्छन । तर मानव […]