आईपीएलमा पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो

  ।   २०७७ कार्तिक ११, मंगलवार ०७:००

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।

सारजहा मैदानमा राति सकिएको खेलमा पञ्जाब ८ विकेटले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकोत्ताले दिएको १ सय ५० रनको लक्ष पन्जाबले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो ।

यसअघि कोलकोत्ताले ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जितसँगै १२ अंक जोडेर पञ्जाब चौथो स्थानमा उक्लिएको छ भने १२ अंक नै भएपनि रनरेटका आधारमा कोलकोत्ता पाँचौ स्थानमा झरेको छ ।

Next Post

बेल्जियममा लक्षण नभएका कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध

२०७७ कार्तिक ११, मंगलवार ०७:००
एजेन्सी । बेल्जियममा कोरोना भाइरसको सङ्क्रमण भए पनि लक्षण नभएका स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध गरिएको छ । झण्डै एक चौथाई स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमण भैसकेकाले लक्षण नदेखिएकाहरुलाई निरन्तर काम गर्न बेल्जियमका १० अस्पतालले अनुरोध गरेका बीबीसीले जनाएको छ । तर कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीले उपचार गर्दा सर्वसाधारणलाई पनि सर्ने […]