कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण, ३ सदस्यीय मन्त्रिपरिषद गठन

  ।   २०८० असार २२, शुक्रबार १२:२३


विराटनगर । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको छ । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त हुनु भएको छ । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गर्नु भएको छ । (अन्लाईन खबर बाट )

Next Post

कोहलपुरका बिद्यालयमा १४ दिने बिदा

२०८० असार २२, शुक्रबार १२:२३
सविता चन्द बाँके । बाँकेको कोहलपुर नगरपालिकाले १४ दिन वर्षे बिदा दिने भएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले १९ गते एक सुचना जारी गर्दै असार २३ गतेदेखी साउन ५ गतेसम्म वर्षे बिदा दिने जनाएको हो । नगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेख भएको वर्षे बिदाको समय तालिकालाई परिमार्जन गरी […]

सम्बन्धित समाचार