पुस्तक दिवस मनाईदै

  ।   २०७८ बैशाख १०, शुक्रबार ०७:५८

संवाददाता ।
आज विश्व पुस्तक दिवस । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्र्तक्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, आफन्तलाई पुस्तक उपहार दिएर आज विश्व पुस्तक दिवस मनाइँदैछ ।

पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले सन् १९९५ को अप्रिल २३ तारिखदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाउने गरिन्छ ।

विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न यो दिवस मनाइन्छ । यस्तै, लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिन प्रतिलिपि अधिकार दिवस पनि मनाइन्छ ।

नेपालमा केही वर्षयता पढ्ने बानीको विकास भएसँगै साथीभाइलाई पुस्तक उपहार दिने चलन बढ्दै गएको छ ।

उज्यालो अनलाइनबाट

Next Post

लकडाउनको दोस्रो दिन, ३ जना कोरोना संक्रमितको ज्यान गयो

२०७८ बैशाख १०, शुक्रबार ०७:५८
संवाददाता, नेपालगंज। आज नेपालगंजमा लकडाउनको दोस्रो दिन, । बिहानै देखी बजारमा आउजाउ निकै कमी देखिएको छ । खाद्यान्न, ग्यास तथा पेट्रोल पम्प, तरकारी पसल, औषधी, अस्पतालहरु खुलेका छन । तर अन्य पास लिएका सार्वजनिक सवारी, विवाह, शान्ति सुरक्षा, निर्माण सामाग्री ओसारपसार गर्ने सवारी, एम्बुलेन्स लगायत बिरामी बोकेका सवारी साधानहरु मात्र […]