कोरोनामुक्त भए बैतडीका चार स्थानीय तह

  ।   २०७७ मंसिर २४, बुधबार १२:०३

बैतडी । बैतडीका १० स्थानीय तहमध्ये ४ स्थानीय तह हाललाई कोरोना सक्रिय संक्रमित शून्य रहेका छन्। जिल्लाको मैलौली नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका सक्रिय संक्रमित शून्य रहेका हुन्।

यी स्थानीय तहहरुमा हाल एक जना पनि कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो।

मेलौलीमा हालसम्म ४७ ,सिगासमा ५५,पञ्चेश्वरमा ६३ र शिवनाथमा ५१ जनामा कोरोना पुष्टि हुँदा सबैले कोरोना जितेका हुन्। बैतडीमा हालससम्म ५ सय ७७ जनामा संक्रमण पुष्टि हुँदा ६ स्थानीय तहमा ६८ जना मात्रै सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी दरशथचन्द नगरपालिकामा ४६, डिलाशैनी गाउँपालिकामा १७, पुर्चौडी नगरपालिकामा २, पाटन नगरपालिकामा १ ,सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा १÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन।

जिल्लामा ५ सय ८ जनाले कोरोना जितेका छन भने १ जनाको मृत्यु भइसकेको छ। बैतडीमा गत जेठ ९ गते पहिलोपटक एक थुनुवामा कोरोना संक्रमण देखिएको थियो।

४ पत्रकारलाई पनि कोरोना

बैतडीमा हालसम्म ४ पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेहरुमा रेडियो निङ्गलाशैनीका स्टेसन म्यानेजर भगीरथ अवस्थी , लेखापाल जयराज अवस्थी, नागरिक दैनिकका समाचारदाता बिरा गडाल र एभिन्युज टेलिभिजनका संवाददाता लोकेश साउद रहेका छन्।

संक्रमित ४ जनामध्ये १ जनले कोरोना जितिसकेको छन् भने ३ जना सक्रिय अवस्थामै रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। पत्रकार साउदले कोरोना जितिसकेको छन् भने अन्य ३ जना सक्रिय अवस्थामै रहेका छन्।

सक्रिय संक्रमित पत्रकारहरु सबै होम आइसोलेसनमा रहेका छन्। उनीहरु सबैको अवस्था सामान्य रहेको छ।

अग्रपंक्तिमा खटिने पत्रकारलाई कोरोना देखिँदासमेत राज्यको तर्फबाट कुनै सेवासुविधा उपलब्ध नभएको पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेम भाटको गुनासो रहेको छ। जनताका पिरमर्का तथा समाचार संकलनका लागि जोखिम मोलेर काम गरिरहेको पत्रकारहरुका लागि सरकारले राहतका कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ।

Next Post

रिक्सामा छुटेको सात लाख फिर्ता

२०७७ मंसिर २४, बुधबार १२:०३
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजार रुपैयाँसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर […]