पाकिस्तानको स्वतन्त्रता दिवसमा मोदीको टिप्पणी, विभाजन विभीषिका स्मृति दिवस मनाउने

  ।   २०७८ श्रावण ३०, शनिबार १६:१५

एजेन्सी । भारतले पाकिस्तानको स्वतन्त्रता दिवसलाई ‘विभाजन विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरेको छ ।

पाकिस्तानले शनिबार ७५औं स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै यस दिनलाई आफूहरुले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको जानकार दिनुभयो ।

‘देशको विभाजनको पीडालाई कहिल्यै बिर्सन सकिँदैन । घृणा र हिंसाका कारण हाम्रा लाखौं दाजुभाइ र दिदी बहिनी विस्थापित हुनुका साथै ज्यान गुमाए । उनीहरुकै बलिदान र संघर्षको यादमा १४ अगस्टलाई विभाजन र विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरिएको छ ।’ प्रधानमन्त्री मोदीको ट्वीटमा उल्लेख छ ।

उहाँले यस दिनले भेदभाव, वैमनस्य र दुर्भावनाको विषलाई हटाउनका लागि मात्र नभइ एकता, सामाजिक सद्भाव र मानवीय संवेदना पनि मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

ब्रिटिश शासनबाट मुक्ति र भारत विभाजन एकै साथ भएको थियो । भारतले भने अगस्ट १५ मा आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

Next Post

संघर्ष रोक्न तालिबानलाई संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसको आग्रह

२०७८ श्रावण ३०, शनिबार १६:१५
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा तालिबान समूहलाई तत्काल संघर्ष रोक्न आग्रह गर्नुभएको छ । तालिवनी विद्रोहीले एकपछि अर्को गर्दै मुख्य–मुख्य शहरहरु कब्जामा लिन थालेपछि महासचिव गुटर्रेसले यस्तो आग्रह गर्नुभएको हो । उहाँले बलपूर्वक गरिएका कुनै पनि कार्यको बदलामा शान्तिपूण रूपमा वार्ताको टेबलमा बसेर छलफल गर्न आग्रह गर्नुभएको […]

सम्बन्धित शीर्षक