बाँकेका ६ वटा पालिकामा दादुरा रुबेलाको संक्रमण देखियो

  ।   २०७९ माघ १६, सोमबार १८:३५

संवाददाता, नेपालगंज ।

दादुरा रुबेला बाँकेको जानकी र बैजनाथ गाउँपालिका बाहेक अन्य ६ वटा पालिकामा देखिएको छ ।

आज मात्रै पनि राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का १५ महिने बालिकामा दादुरा रुबेलाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यो सगैं बाँकेमा दादुरा रुबेलाको संक्रमणमा पर्ने बालबालिकाहरुको संख्या ३ सय १ जना पुगेको छ । दादुरा रुबेलाको संक्रमणबाट नेपालगंजमा १ जनाको मृत्यु भईसकेको छ ।

हाल ८ जना उपचारमा रहेका छन भने ८ जना घर आइसोलेसनमा रहेका छन । दादुरा रुबेलाको संक्रमणपछि निको हुने बालबालिकाहरुको संख्या भने २ सय ९२ जना पुगेको छ ।

Next Post

खानेपानी मन्त्री खान र नरैनापुरका अध्यक्ष शाह बिच भेटवार्ता

२०७९ माघ १६, सोमबार १८:३५
बाँके । खानेपानी मन्त्री अब्दुल खान र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बीच भेटवार्ता भएको छ । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री खान काठमाडौं फर्किने क्रममा सोमबार गाउँपालिका अध्यक्ष शाह संग भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा नरैनापुर गाउँपालिका भित्रको खानेपानी समस्या समाधान कसरी […]

सम्बन्धित शीर्षक