नेपालमा कोरोनाको डेल्टा भेरिएन्ट फेला, अन्य तीन भेरिएन्टको चुनौती

  ।   २०७८ श्रावण १३, बुधबार ०७:०७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ डेल्टा भेरिएन्ट फेला परेको जनाएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी नयाँ भेरिएन्ट फेला परेको जनाएको हो ।

साथै मन्त्रालयले तीन भेटिएन्टको चुनौती थपिएको पनि जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ४७ वटा नमूना संकलन गरी गत असार ३० गते विश्व स्वास्थ्य संगठनको दिल्लीस्थित प्रयोगशालामा पठाएको थियो । प्रयोगशालामा परीक्षण गर्दा तीनमा डेल्टा भेरिएन्ट पुष्टि भएको अधिकारीले बताउनु भएको छ ।

साथै कोरोनाका अन्य तीन वटा अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्ट र कप्पा भेरिएन्टका उत्परिवर्तन फेला परेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न र आगामी दिनमा चुनौती आइपरेको तेस्रो लहरको भेरिएन्टको तयारीमा जुट्न अनुरोध गरेको छ ।

Next Post

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच कुराकानी : थप खोप सहयोग गर्न आग्रह

२०७८ श्रावण १३, बुधबार ०७:०७
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग थप खोप सहयोग गर्न आग्रह गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जोन ब्लिंकेनसँग हिजो बेलुका भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री देउवाले खोप सहयोग गर्न आग्रह गर्नुभएको हो । साथै प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप १५ लाख डोज उपलब्ध गराएकोमा अमेरिकी […]

सम्बन्धित समाचार