मानव बेचविखन रोक्न नेपाल भारतका संस्थाहरुको समिक्षा बैठक सम्पन्न

  ।   २०७७ फाल्गुन १२, बुधबार २१:११


नेपालगञ्ज । नेपाल र भारतका विभिन्न संघसंस्थाविच मानव ओसारपसार तथा बेचविखन विरुद्धको अभियानमा सहकार्य गरेर काम गर्ने सहमति भएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बुधवार नेपालगञ्जमा आयोजना गरिएको मानवबेचविखन विरुद्धको अन्तरसीमा अन्तक्रिया तथा समिक्षा बैठकमा सो सहमति भएको हो ।

बैठकमा सहभागि मानवबेचविखन विरुद्ध काम गर्दै आएका दुबै देशका संघसंस्थाका प्रतिनिधि र सरकारी निकायका प्रतिनिधिले समन्वय, सहकार्य र एकता गरेर मात्रै रोकथाम गर्न सकिने ठहर गर्दै सो निर्णयमा पुगेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । क्लबका अध्यक्ष राजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको सो बैठकमा बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले मानवबेचविखन रोकथामका लागि दुबै देशका संघसंस्था र सरकारी निकायविच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समयमा आएर मुख्य नाकामा विभिन्न संघसंस्थाको सहकार्यमा कडाई गरिएकोले पहिले जस्तो अवस्था नरहेको बताउनुभयो । बेचविखन रोकथाम र बेचविखनमा परेकाको उद्धारका लागि प्रहरीले सहयोग आदान प्रदान गरिरहेको एसपी रानाले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखाका प्रमुख शोभा शाहले दुबै देशका सरोकारवालाहरुको सहभागिता रहेको यो बैठक निकै अहम रहेको जनाउँदै सहकार्य र समन्वय भए रोकथाममा ठुलो सहयोग मिल्ने बताउनुभयो ।

यसैगरि कारितास ईण्डियाका कार्यक्रम अधिकृत अनिमास विलियम्सले सीमावर्ति जिल्लाका संघसंस्था र सरकारी निकायको समन्वय तथा सहकार्य नभए बेचविखन नियन्त्रणमा समस्या आउने बताउनुभयो । सोही प्रकारले देहात ईण्डियाका कार्यक्रम संयोजक देवयानी चतुर्वेदीले सहकार्य गरेर रोकथाममा लाग्ने हो भने यो समस्या धेरैहदसम्म समाधान हुने बताउनुभयो ।


सो अवसरमा भारतको तर्फबाट देहात ईण्डियाका अर्का कार्यक्रम संयोजक हसन फिरोज, कार्यकारी प्रमुख जितेन्द्र चतुर्वेदी र डीएसडब्लुएस भारतका कार्यक्रम संयोजक राजेश कुमारले बेचविखन रोक्न विभिन्न सुझाव दिनु भएको थियो ।

यस्तै नेपालका तर्फबाट साथी संस्थाका प्रतिनिधि सरस्वति शर्मा, जमुनाह नाका प्रहरीका प्रमुख सई विष्णु गिरी, शक्ति समुहका निर्मला पौडेल, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक डिल्ली खड्का र महिला सेलका असई श्याम कुमारी मगर लगायतले बेचविखनको वर्तमान अवस्थाबारे जानकारी गराउँदै विभिन्न सुझावहरु दिनु भएको थियो ।


सो बैठकमा क्लबका कार्यक्रम संयोजक बसन्त विसी र शक्ति समुहका निर्मला पौडेलले सहजीकरण गर्नुभएको थियो । बैठकले इन्डो नेपाल मानव बेचविखन विरुद्धको सञ्जाललाई सक्रिय पारेर हरेक महिनामा सो सञ्जालको बैठक गर्ने तथा बैठक गर्दा पालैपालो दुबै देशमा गर्ने निर्णय पनि गरेको छ । सो का लागि शक्ति समुहका निर्मला पौडेल र देहात भारतका देवयानी चतुर्वेदीलाई जिम्मेवारी दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भागरथी हत्या घटनामा सफल अनुसन्धान गर्ने असईसहित दुई प्रहरीको बढुवा

२०७७ फाल्गुन १२, बुधबार २१:११
काठमाडौं । बलात्कार पछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई प्रहरीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक तह बढुवा गरेका छन्। सोही घटनाको अनुसन्धानमा सफल नेतृत्व प्रदान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी सहित पाँच जनालाई नगद पुरस्कार प्रदान गरिएको छ। प्रहरी […]