संविधान दिवसका दिन बाँके कारागारबाट २३ जना कैदी छुटे

  ।   २०८० आश्विन ३, बुधबार २०:२३

नेपालगन्ज । संविधान दिवसका अवसरमा सरकारले छ सय ७० जना कैदीको बाँकी कैद माफी मिनाहा गरेसँगै बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्।

जिल्ला कारागार बाँकेबाट संविधान दिवसका अवसरमा २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको कारागार कार्यालय बाँकेका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिनुभयो।

जिल्ला कारागार बाँकेमा रहेका १६ जना पुरुष कैदी र जयन्दू वालसुधार गृहमा रहेका सात जना नाबालक गरेर बाँके जिल्लाबाट कूल २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको जेलर शाहले जानकारी दिनुभयो।

कैद मिनाहा भएका कैदीहरु चोरी, कर्तव्य ज्यान तथा सवारी ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेको उहाँले बताउनुभयो।

जिल्ला कारागार बाँकेमा तीन सय ५० जना कैदी अट्ने क्षमता भए पनि हाल नौ सय ४६ जना कैदी रहेको जेलर शाहले बताउनुभयो। शाहका अनुसार कारागार बाँकेबाट १६ जना कैदीको बाँकी कैद माफी मिनाहा भएसँगै अब नौ सय ३० जना कैदी कारागारमा छन्।

Next Post

युनेस्को क्लब र प्लानको सहकार्यमा बर्दियाको ठाकुरबाबामा रोजगार मेला सम्पन्न

२०८० आश्विन ३, बुधबार २०:२३
नेपालगन्ज । बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा ठाकुरबाबा नगरपालिका–१ बारबर्दियामा संविधान दिवस तथा रोजगार मेला भव्य रुपमा सम्पन्न गरेको छ । स्थानीयस्तरमा दक्ष युवा पुस्तालाई व्यावसायिक तालिम सम्पन्न गरी स्थानीय रोजगारदातासँग समन्वय र सम्पर्क गराएर रोजगारीका अवसर सिर्जना गर्ने गरी संविधान दिवस तथा रोजगार […]

सम्बन्धित शीर्षक