प्रेस संगठन बाँकेको कार्यसमिति जुम बैठक भोलि बस्दै

  ।   २०७७ भाद्र १२, शुक्रबार १२:२१

नेपालगन्ज । प्रेस संगठन बाँकेको कार्यसमिति जुम बैठक भोलि सनिवार १२ बजे बस्ने भएको छ । जुम बैठकमा पदाधिकारी र सदस्यहरूलाई ठिक समयमा उपस्थित हुन आह्वान गरिएको सह-संयोजक हेमन्त बिकले जानकारी गराउनु भयो ।

कोभिड-१९ को महामारीमा शारीरिक दुरि कायम गर्दै कोरोना रोकथाम र स्वस्थ्य उच्च सतर्कता अपनाउन सरकारले अवलम्बन गरेको विधिलाई पालान गर्न कोरोनाको उच्च जोखिमबाट बाच्न र बचाउन संगठनले जुमबाटै कार्यसमिति बैठकको आयोजना गरेको जानकारी अध्यक्ष डक्ट धितालले गराउनु भयो ।

अध्यक्ष धितालले भन्नुभयो,” यहि समाचारलाई सूचना मानेर उपस्थित हुन कार्यसमिति सदस्यहरुलाइ आह्वान गर्छु ।” बैठकमा संगठनको आन्तरिक सुदृढीकरण र मिडिया हाउसबाट पारिश्रमिक नपाएका पत्रकारहरुलाइ पारिश्रमिक दिलाउने र पत्रकारका हकहितमा केन्द्रीकृत रहेर त्यसलाई कार्यनयन गराउन संगठनले चाल्ने कदमका बारेमा गहिरो छलफल हुनेछ

सह संयोजक बिकका अनुसार जुमको मिटिङ आइडी २९६१७२०७९५ र पासवर्ड २२०३९२ रहेको छ । जुमको लिङ्क सदस्यहरुको व्यक्तिगत म्यासेन्जरमा पठाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पौनी ३ करोडको हिसाबकिताब चित्तबुझेन कोहलपुर बासीलाई

२०७७ भाद्र १२, शुक्रबार १२:२१
नेपालगन्ज । कोहलपुर नगरपालिकाले कोरोना नियन्त्रणका लागि खर्च सार्वजनिक गरे लगत्तै कोहलपुर बासीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । नगरपालिका संग प्रयाप्त मात्रमा सवारी साधन हुँदा हुँदै पनि सवारी साधन भाडामा मात्रै १९ लाख भन्दा बढि रकम खर्च भएको हिसाब सार्वजनिक हुनुले अनियमितताको असंका गर्न थालेका हुन् । नगरापलिका संग स्कारपियो […]