आईना–ए–नेपालगन्ज

  ।   २०७९ भाद्र २२, बुधबार २०:१६

नरेन्द्रजंग पिटर

दृष्य त्यस्तै देखिन्छन्, महसुस गर्न सकिन्छ, जस्तो दृष्टि हुन्छ । आँखा, नजर, दृष्टि एकै भएपनि त्यसका अर्थ र महत्व फरक हुन्छन । दृष्टि हुन दृष्टिकोण आवस्यक हुन्छ । दृष्टिकोण बनाउने दर्शनले हो । दर्शनले जीवन र जगत प्रति उठ्ने जिज्ञासाका उत्तर खोज्न हौँस्याऊँछ । उचाइअनुसार विषय देखिन्छन् । सतह र टाकुराबाट देखिने दृष्य फरक हुन्छन् । दृष्यलाई आग्रहले प्रभावित पार्नसक्छ । तर, जिज्ञासाको कसौटीमा नापेर अध्ययन गर्‍यो भने छर्लङ्गं हुन्छ । हरियो चश्मा लगाएर यदि रातो गुलाफको फूल हेरियो भने त्यो कालो थुंगा देखिन्छ ।

ज्ञान र सूचनाले मान्छे नित्य नयाँबन्दै जान्छन् । जिज्ञासाले अझ ज्ञानका क्षेत्रफल बढाउदै लैजान्छ । यर्थातले तर्क र तथ्य खोज्छ । पुराना सत्यका ठाँउमा नयाँ सत्य स्थापित गर्दै लैजान्छ् । पुरानाविश्वास भत्कनु र नयाँ विश्वास पैदा हुँनुको कारक पक्षमा ज्ञान र सूचनाले तर्क र तथ्यलाई पाँईन लागेको हुन्छ । सत्य आग्रह र विश्वासमा नभै तथ्य र तर्कको कसौटीमा घोटिएर सान्र्दभिक बन्छ । तर्ककसौटीमा नखारिएका विषयले अन्धविश्वासी जन्माउदै जान्छ । ज्ञानीजनहरु हरेक विश्वासलाई जाँचपडताल गर्नेगर्छन ।

आउनुस् नेपालगञ्जका वहानामा समयसँग बात मारौँ । कहानी धेरै छन – नयाँमुलुकसँग । नेपालगञ्ज पढौँ, देखौँ, बुझौँ र मनन गरौँ । नेपालगञ्जमात्रै हैन् नेपालकै कुरा गर्दा पनिउत्तरबाट पानी तल दक्षिणतिर बग्छ तर वैद्धिक साहित्यकालका कुरा नगर्ने हो भने ज्ञान, सूचना, शिक्षा, दक्षिणबाट उकालो लाग्छ । अझ नयाँमुलकको केन्द्र नेपालगञ्ज मूलथलो बनेपछि मध्य र सूदुरपश्चिमका २४ जिल्लाको ज्ञान, सूचना, शिक्षा, व्यापार र राजनीतिको केन्द्र नै बन्यो । केन्द्रहरू बन्छन, भत्कन्छन । केन्द्रलाई आफ्नु गौरवताको निरन्तरता धान्ने चुनौति भने बनिरहेका हुन्छन् ।

यो थलो पुर्खाको महा–विचरण कालदेखीकै आश्रयथलो बर्दियाली मानव, दानवा तालहोस् या ठाकुरद्वारा पुरातात्विक सामाग्री । अध्यताकालागी जहिले पनि यी सन्दर्भ बन्न सक्छन् । कर्णाली सभ्यताका विकास, दैलेखी सम्राज्यको फैलावट र ध्वस्तको इतिहासले अझै वाणी पाँउन सकेका छैनन् । एङ्लो–नेपाल युद्ध सन १८१४–१६ र गदर विद्रोहको सन १८५७ को वेलायतलाई गरेको सहयोग, नयाँमुलुकका कथाका आधार हुँन । वेलायती उपनिवेशको फैलावटसंगै काठव्यापारी अङ्ग्रेज आए । देबदारकालागी कर्णालीको उत्तरी भेगसम्म पुगे । । सतीसाल पानीजहाजका पटराबनेर विश्व सामुन्द्रिक यात्रा गरे । काठकालागी मजदुर ल्याए, मजदुर कज्याउन मेठ र तीनलाई लगानी लगाउने साहुकार ल्याए । दस्तकार आए ।

फिरङ्गीले पाइलो टेक्नुपहिलनैे स्वतन्त्रताका पहरेदार गदर आए । गदरले पहिल्यै आश्रय बनाएकाले विद्रोही चेतसँंगै आयो । गदर दमन र विद्रोह तहलगाउन सिपाही बनाइएर लगिएका नेपाली सेनाका लखन थापा विद्रोही चिन्तक नेता र योद्धाबन्दै यही बाटो फर्किए । त्यसको भ्रुण बनेर लोकाभार आन्दोलनको जग बस्यो । गदरको नेपाली उत्तराधिकारी बन्यो–लोकाभार । कुवंर कल्लु सिह, मुलायम बेहना, राधाकृष्ण थारु जस्ता भूमि पुत्रहरूले राणाकालमै विद्रोहको झण्डा फहराए । जाग्दो किसान सर्घष दबाउन जिम्दार संगठन बन्यो । ०७ सालको संंर्घषमा क्रान्तिकारी र किसानहरु एकातर्फ, सत्ता र जम्दिारहरु अर्कातर्फ । मुलायम वेहनाको नेतृत्वको ‘जो जोतेगा, सो खाएगा’ भन्ने लोकाभार आन्दोलन बन्यो । राणाकालमै २००७ साल माघ ८ गते पुरैनामा जुलुस ल्याए, विद्रोह साम्य पार्न ब्रह्म शमशेर नेतृत्वको आयोग मोही किसान र जमिन्दारबीच बटहीको सम्झौता गराउन बाध्य भयो । यसको छाप पूर्वमा रूपन्देहीदेखि पश्चिममा भीमदत्त पन्तको विद्रोहको रुपमा देखियो । दशरथ चन्द आश्रम ०७ सालमा विद्रोहीको अखडा बन्यो । २००७ माघ १६ गते क्रान्तकिारीहरुले नेपालगन्जलाई राणा शासनबाट मुक्त गरे । राणा ढले नयाँशासक उदाए । अन्याय रोकिएन । विद्रोह पनि रोकिएन । क्रान्तिकारी जन्मने प्रकृया पनि रोकिएन । क्रान्तिकारी गौरव गाथा नयाँपात्रमा नौलो अनुहारमा देखिँदै गयो । अनुवादिदै गयो ।
जमिन्दारहरुको संगठन नानपारामा बसेर ‘नेपालमा कम्युनिष्टहरुले कब्जा गर्न थाले’ भनेर भारतीय सत्ता उचाल्न थाले । भारतीय सेनाको मद्रासी रेजिमेण्टले २००७ साल चैत्र २९गते राजापुरदेखी कटकुइयासम्म एकैपटक आक्रमण ५४ घण्टा रह्यो । सयौँ किसान र नेता गिरप्mतार भए । गिरप्mतार मध्य बाबुकृष्ण शर्मा, ललित चन्द, गोेपालबहादुर श्रेष्ठ, बदलुराम नेपाली, प्रेमलाललाई २००८ साल वैशाख ४ गते बहराइच (भारत) चलान गर्‍यो । यातनाबाट वैशाख ४ मा पिडारीका वैजनाथ थारुको मृत्यु भयो । थप मृत्यु हुँनेमा उचुवाकादुलारे पण्डित र धम्बोझीका राजारामकुर्मी पनि रहे ।

थारूहरूले राजापुरमा किसान विद्रोहको अगुवाइगरे । मालिकहरूले नबोल्ने औजार भनेका कमैयाले विद्रोह गरेको के पो सहन्थे ! कोइली देवी लगायत ७ जनाका एउटै चिहान बनाएर पौरख देखाए । आफैँ बोक्सी, आफैँ धामी पनि बने । होरा प्रसाद जोशी आयोग हल्ला र फुस्सा बन्यो । विद्रोहको ज्वाला मुखी गर्भको लाभामै जल्दै रह्यो । कंग्रेसीबाट मोह भंग भएका विद्रोही नेता भीमदत्त पन्तले जाली–फटहालाई न त दिनको चैन नत रातको निन्द्रा नै दिए । सेती–महाकालीमा ब्रह्मदेब मण्डीबाट उठेको विद्रोहका किसान सेनाहरू खुब जमेर लडे । आफ्नै पूर्व कमान्डरदेखि सरकार अत्तालियो । टाउकाको मोलतोक्यो । दक्षिणबाट विदेशी फौज, उत्तरतिरबाट देशी । पन्तलाई बिचमा पारे । मितलालबहादुर थापाले धोकामा पारेर गर्दन छिनाल्यो । या त जोत् हलो या त छोड् थलो भन्ने किसान नेताको टाउको ३ दिन खलङ्गामा प्रर्दशन भयो ।

आईना–ए–नेपालगञ्ज स्तम्भ बनाउने प्रयासरत हुँनेछु, जहाँतथ्य र तर्क आधारित सन्दर्भ श्रोत राख्ने प्रयास हुँनेछ । नसिंकोच श्रोतव्यक्तिलाई उधृत गरिनेछ । विस्मृतिमा पुरिएका धेरै तथ्य र सन्र्दभ सामाग्री छरपष्ट छन् नै । लेखकका ज्ञान र सूचनामा पहुँच कमहुँन सक्छ, तर ज्ञिज्ञाशाले त्यसलाई सहज बनाउनेछ ।

Next Post

आईना–ए–नेपालगन्ज–३

२०७९ भाद्र २२, बुधबार २०:१६
नरेन्द्रजंङ पिटर पहिलो दृष्टिमै नेपालगन्ज अनौठो लाग्यो । लडियाका ताँती, टमटम घोडाका टाप, मण्ठका लस्कर, मान्छे बेचिन तँछाड्मछाड्को त्रिभुवन चोक, साँगुरो एकलैनी बजार । फेरीवालाको चिच्याहट । शंख, घण्ट, अजान, गुरुवाणी र रुपेडिया जाने टाँगाका खटखटाहटले गुडमर्निङ् । पहिरन्नै पहिचान । टुप्पी र दाह्रीले मान्छे छुट्टिने । गलामा पँहेला, राता, […]

सम्बन्धित शीर्षक