जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुँदै

  ।   २०७७ पुष १, बुधबार ०६:१३


दाङ । दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ वटा घर निर्माण हुँदै छन् । आर्थिक रूपमा विपन्‍न र लोपोन्मुख तथा दलित जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनोट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भएका हुन् ।

यो कार्यक्रमअन्तर्गत रोल्पामा ११२, प्युठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् । दाङमा गत आर्थिक वर्षमा छनोट भएका बबई गाउँपालिकामा २०, दंगिशरण गाउँपालिकामा १७, शान्तिनगर गाउँपालिकामा १३, तुलसीपुर उपमहानगरपालिकामा ५३, घोराही उपमहानगरपालिमा ५६, बंलाचुली गाउँपालिकामा ३६ लमही नगरपालिकामा २९ राप्ती गाउँपालिकामा १३, गढवा गाउँपालिकामा १५ र राजपुर गाउँपालिकामा २१ घर निर्माण सम्पन्‍न हुन लागेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इन्जिनियर शेरबहादुर केसीले बताउनुभयो । उहाँले घर निर्माणका लागि तीन किस्ता रकमसमेत वितरण गरेको बताउनुभयो ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्‍न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागि प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३५ हजार ५ सय अनुदान पाउने भएका छन् । बाह्रखरी

Next Post

विवादित संवैधानिक परिषद्को बैठक अनिर्णित, नियुक्त गर्ने नामावलीमा छलफल, बैठक आज फेरी बस्दै

२०७७ पुष १, बुधबार ०६:१३
काठमाडौँ । नयाँ अध्यादेश जारी भएपछि बसेको संवैधानिक परिषद्को पहिलो बैठक अनिर्णित भएको छ । अत्यन्त आशंका र त्रासकाबीचमा सकिएको बैठकले कुनै निणर्य नगरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले जानकारी दिनुएको छ । बैठकमा संवैधानिक निकायहरुमा नियुक्तीका लागि सिफारिस गर्ने पात्रहरुका बारेमा छलफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार बैठक […]