नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने, एकतर्फी भाडादर रु ३७ हजार कायम

  ।   २०७९ बैशाख ३, शनिबार १६:०३

संवाददाता ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ ।

वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो ।

निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्नेछ । सातामा तीन दिन उडान गर्ने योजना रहेपनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएकोे छ ।

काठमाडौं–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर रु ३७ हजार कायम गरिएको जनाइएको छ । नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ ।

निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्लालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

गोरखापत्र अनलाइनबाट

Next Post

माओवादी केन्द्र बाँके निकट बुद्धिजीवीको अध्यक्षमा डा.भण्डारी चयन

२०७९ बैशाख ३, शनिबार १६:०३
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट बुद्धिजीवी संगठन बाँकेको पहिलो सम्मेलनबाट डाक्टर इन्द्रबहादुर भण्डारी अध्यक्षमा चयन हुनुभएको छ ।  २१ सदस्यीय कार्यसमितिको सर्वसम्मत समितिको अध्यक्ष डा. भण्डारी चयन हुनुभएको स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पुर्णा सुवेदीको प्रमुख अतिथ्यता र  बाँके समन्वय समितिका सम्योजक डम्बर […]