कोरोनाको दोस्रो संक्रमणबाट विश्वमै पहिलो पटक एकजना महिलाको मृत्यु

  ।   २०७७ आश्विन २९, बिहीबार १८:४८

कोरोना भाइरसको दोस्रो संक्रमणबाट पहिलो पटक एकजनाको मृत्यु भएको छ । नेदरल्याण्डस्मा ८९ वर्षीया महिलाको कोरोनाको दोस्रो संक्रमणबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

महिलाको मृत्यु कोरोना भाइरसको दोस्रो संक्रमणबाट भएको नेदरल्याण्डस्का स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उहाँ संसारमै कोरोना भाइरसको दोस्रो संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति भएको सिएनएनले जनाएको छ ।

सन् २०२० को सुरुवातमा कोरोना संक्रमण भएर उहाँ स्वस्थ हुनुभएको थियो । पहिलो संक्रमणमा सामान्य रुघाखोकी र ज्वरो देखिएको थियो । पहिलो संक्रमणमा उहाँ ५ दिनमात्रै अस्पताल बसेर कोरोनामुक्त हुनुभएको थियो ।

तर, कोरोना मुक्त भएको २ महिनापछि उहाँमा फेरि कोरोना संक्रमण भएको थियो । ज्वरो, खोकीलगायत स्वास लिनसमेत समस्या भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । परीक्षणका क्रममा उहाँमा दोस्रो पटक कोरोना संक्रमण भएको पुष्टि भयो ।

लामो समयसम्म अस्पतालमा उपचार गराइएपनि उहाँलाई चिकित्सकले बचाउन सकेनन् । वैज्ञानिकहरुले उहाँमा दोस्रो पटक कोरोना संक्रमण भएको र त्यहीँ संक्रमणकै कारण उहाँको मृत्यु भएको जानकारी दिएका छन् ।

नागरिक खबरबाट

Next Post

बाँकेमा एक पालिका, एक छात्रा विद्यालय, क्याम्पसको अवधारणा

२०७७ आश्विन २९, बिहीबार १८:४८
योगेश पाण्डे नेपालगंज। बाँकेका ८ वटै पालिकामा कम्तीमा एक पालिका, एक छात्रा विद्यालय, क्याम्पस बनाउने गरी काम अगाडि बढाईएको छ । पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका र नेपालगंज उपमहानगरपालिकामा काम भईरहेको छ । जानकी र खजुरा गाउँपालिकाको कार्यक्रम प्रस्ताव प्रक्रियामै रहेको छ । छात्रा विद्यालय र कलेज संञ्चालन ब्यवस्थापनका लागी जिल्ला […]