बाँकेमा एक पालिका, एक छात्रा विद्यालय, क्याम्पसको अवधारणा

चालु आर्थिक बर्षमै साक्षर बाँके जिल्ला घोषणाको तयारी

  ।   २०७७ आश्विन २९, बिहीबार १९:१३

योगेश पाण्डे

नेपालगंजबाँकेका ८ वटै पालिकामा कम्तीमा एक पालिका, एक छात्रा विद्यालय, क्याम्पस बनाउने गरी काम अगाडि बढाईएको छ । पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका र नेपालगंज उपमहानगरपालिकामा काम भईरहेको छ ।

जानकी र खजुरा गाउँपालिकाको कार्यक्रम प्रस्ताव प्रक्रियामै रहेको छ ।

छात्रा विद्यालय र कलेज संञ्चालन ब्यवस्थापनका लागी जिल्ला समन्वय समितिले त्यहाँको आवाश्यकता बमोजिम ७५ प्रतिशत रकम र संम्बन्धित पालिकाले २५ प्रतिशत रकम ब्यवर्होने गरी कार्यविधि रहेको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

अहिले काम भईरहेको पालिका नेपालगंजमा ४ करोड र राप्तीसोनारी गाउँपालिकामा ९० लाख रुपैंया जिल्ला समन्वय समितिले उपलब्ध गराएको बताउनुभयो ।

यसैबीच बाँके जिल्लालाई चालु आर्थिक बर्ष २०७७–०७८ मा नै साक्षर जिल्ला घोषणाको तयारी पनि गरिएको छ । २०७७ असोज ११ गते बसेको ७ औं जिल्ला सभाले यसबारेमा निर्णाय गरेको हो ।

साक्षर पालिका घोषणा हुन बाँकी नेपालगंज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिकाका स्थानीय सरकारले आगामी चैत्र महिना भित्र पालिकालाई साक्षर पालिका घोषणा गरिसक्ने प्रतिबद्धता जनाएका छन ।

उता बाँके र कपिलबस्तु जिल्ला साक्षर जिल्ला घोषणा हुन नसकेकै कारण लुम्बिनी प्रदेश साक्षर प्रदेश घोषणा हुन सकेको छैन ।

 

Next Post

कोरोनाबाट ज्यान जोगाउन प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

२०७७ आश्विन २९, बिहीबार १९:१३
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जोगाउन प्रतिबन्ध लगाउन अपरिहार्य रहेको बताएको छ । यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो । उसले युरोपमा अब दैनिक एक हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी पनि दिएको […]