बाँके जिल्लाबाट आज थप ७० जना कोेरोना जितेर घर फर्किदै

  ।   २०७७ कार्तिक ३, सोमबार ०८:३४

बाँके । बाँके जिल्लाबाट आज (आइतबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ७० जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ३१ जना महिला र ३९ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई हजार १०९ पुगेको छ ।

बाँकेमा हालसम्म दुई हजार ६९१ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये २९ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ५७० जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ७८.३७ प्रतिशत, मृत्यु दर १.०८ प्रतिशत र रोगको प्रकोप दर ०.४५ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

विपद्जन्य घटनामा वैशाखयता साढे चार सयको मृत्यु

२०७७ कार्तिक ३, सोमबार ०८:३४
काठमाण्डौ । गएको वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर देशभर चार सय ४४ को मृत्यु भएको छ । यस अवधिमा एक सय एक बेपत्ता भएका छन् भने सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले […]

सम्बन्धित शीर्षक