बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

  ।   २०८१ श्रावण १, मंगलवार ०९:३९

बाँके । बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बास नेपालको सहजिकरणमा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

यस आ.ब.को अन्तिम चौमासिकको सो सार्वजनिक सुनुवाईको अन्तमा ६ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।घोषणा गरिएका प्रतिबद्धताहरुमा बैजनाथ गाउँपालिका वडा नम्वर २ पितमारी सुकुम्वासी बस्ति लगायतमा खानेपानीको अभाव रहेको गुनासो आएकाले सो को अध्ययन गरि समस्या समाधानको लागि आवश्यक पहल गर्ने, प्राकृतिक बिपदबाट भएको क्षतिको आँकलन गरि क्षति भएकाहरुलाई आवश्यक सहयोग गर्ने, बिपद जोखिमको आँकलन गरि जोखम न्यूनीकरण योजना सहित आवश्यक व्यवस्थापन गर्ने, गाउँपालिका भित्र सञ्चालित योजनाहरुको ईस्टिमेट अनुसार प्रभावकारी अनुगमन र जाँचपास गरेर मात्रै भुक्तानीका लागि सिफारिस गर्ने, पालिकाको योजना तथा कार्यक्रम तयार गर्दा लक्षित बर्गको संलग्नतामा गर्ने योजना तर्जुमा प्रकृया अवलम्वन गर्ने, प्राथमिक स्वास्थ्य बनकटवाले फार्मेसि आफै सञ्चालन गर्ने प्रावधान रहेपनि हाल सम्म सञ्चालन नगरेको पाईएकाले यथासक्य सञ्चालनका लागि पहल गर्ने, चाँदनी देखि उत्तर तर्फको कल्भर्ट पहिलो चौमासिक भित्र निर्माण गर्ने, निर्माणाधिन योजनाहरुलाई प्राथमिकरणमा राखेर काम गर्ने, फोहलमैला व्यवस्थापनलाई थप प्रभावकारी बनाउन श्रावण महिनाभित्र डस्टबिन बितरण गर्ने लगायत रहेका छन् ।

प्रतिबद्धताहरुमा अध्यक्ष प्रकाश बहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत विश्राज ढकाल, वडा नम्वर १ का वडाध्यक्ष रुप बहादुर मल्ल, वडा नम्वर ४ का वडाध्यक्ष प्रेम बहादुर शाही लगायतले हस्ताक्षर गरेका थिए ।

बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए । कार्यक्रममा १६० जनाको सहभागिता रहेको थियो ।

Next Post

भैरहवामा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना

२०८१ श्रावण १, मंगलवार ०९:३९
नेपालगन्ज । भैरहवामा नेकपा माओवादी केन्द्रकाे जिल्ला पार्टी कार्यालय स्थापना गरिएकाे छ । मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बाेल्दै उनले व्यक्तिवाद हाबि भएका कारण पार्टीकाे जनमत निरन्तर घट्दै गइरहेकाे बताएका छन् । उनले पार्टी निर्माणका लागि सबै एकजुट भएर लाग्नु […]

सम्बन्धित शीर्षक