संवादमा आउन सभामुखले गरेको आह्वान एमालेद्वारा अस्वीकार, लगातार तेस्रो दिन पनि संसद बैठकमा अवरोध प्रतिनिधि सभा बैठक लगातार अवरुद्धः सत्ता र प्रतिपक्षीबीच संवादमै समस्या

  ।   २०७८ भाद्र २७, आईतवार १४:४९

काठमाडौं । सभामुख अग्नि सापकोटाले संवादमा आउन आह्वान गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठक चल्न दिएनन् ।

तीन दिनदेखि लगातार संसद अवरोध गर्दै आएको एमालेका सांसदले आइतबार पनि सभा अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । नाराबाजीकै बीचमा सभामुख सापकोटाले एमाले सांसदलाई संबोधन गर्दै वार्ता र संवादबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

सापकोटाले भन्नुभयो, ‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु । हामी सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’

१४ सांसदको कारबाहीसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा संसदमा छलफल हुन नसक्ने भन्दै उहाँले मर्यादित रुपमा सदन सञ्चालनमा सहयोग गर्न एमाले सांसहरुलार्य आह्वान गर्नुभयो ।

सभामुख सापकोटाको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदहरुले भने संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन भन्ने नारा लगाउँदै सदनको कार्वाही अवरुद्ध पारेका हुन् ।

रोष्टम घेरेर नाराबाजी गरेका कारण बैठक सुचालु गर्न अवरोध पुगेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ । आजको बैठकमा एमाले संसदीय दलका नेता केपी ओली स्वयं पनि नाराबाजीमा सहभागी हुनुभयो । ईमेजखबर

Next Post

यस वर्ष औसतभन्दा बढी पानी पर्‍यो, मौसम कहिले खुल्छ ?

२०७८ भाद्र २७, आईतवार १४:४९
काठमाण्डौ । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) देशमा सरदरभन्दा बढी पानी परेको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ । देशका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार चार महिनामा नेपालमा सरदर एक हजार ४०३ […]