बढैयातालमा अपांगता बिशेष कार्यक्रम

  ।   २०७७ मंसिर १९, शुक्रबार १९:०९

संवाददाता, बढैयाताल।
बर्दियाको बढैयातालमा आज ‘कोभिड–१९ पश्चात उत्कृष्ट पुनरागमनको सुनिश्चिता अपांगता भएका ब्यक्तिको लागि पहुँच र दिगो बिकासका लागि हामी सबैको प्र्रतिबद्धता’ भन्ने मुल नाराका साथ २९ आंै अन्र्तराष्ट्रिय अपांगता दिवश मनाइएको छ ।

बढैयाताल गाउँपालिका (महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा) र पालिका स्तरीय अपांगता समन्वय समितिको संयुक्त आयोजनमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपा कुमारी गौतम, वडा नम्बर ४ का वडा अध्यक्ष कर्ण बहादुर थापा, पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, महिला शाखा प्रमुख दुर्गा देबि हमाल लगायत ३५ जना ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम पालिका स्तरिय अपांगता समन्वय समितिका संयोजक नेत्र प्रसाद सापकोटाको अध्यक्षतामा भएको समन्वय समितिका सचिब दल बहादुर सुनारले जानकारी दिनुभयो ।

Next Post

नेकपा सचिवालय बैठक आज बस्दै, दुई अध्यक्षको विवादले बैठक अर्थहीन बन्दै

२०७७ मंसिर १९, शुक्रबार १९:०९
काठमाण्डौ । नेकपा सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ । यसअघि बुधबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागी हुनुभएको थिएन । आजको बैठकमा भने उहाँ सहभागी हुने ओलीका […]

सम्बन्धित समाचार