नेपालगन्ज । कर्णाली प्रदेशले सार्वजनिक बिदा दिने भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको उपलक्ष्यमा भदौ ४ गते सार्वजनिक बिदा दिने भएको हो।
कर्णाली प्रदेश सरकारले गत वर्ष पनि स्थापना दिवसको अवसर पारेर बिदा दिएको स्मरण गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिनु भयो ।
मन्त्रालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गर्दै भदौ ४ गते सोमवार कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइने निर्णय भएको जानकारी गराएको छ ।