राप्तीसोनारी ६ को वडाकार्यलय चोरी

  ।   २०८० भाद्र १, शुक्रबार १७:१८

सबिता चन्द 

नेपालगन्ज । बाँके जिल्लाको राप्तिसोनारी ६ को वडा कार्यालयमा चोरी भएको छ । हिजो बिहीवार राती चोरी भएको हो ।

वडा कार्यालयमा  रहेको कम्प्युटर ३ थान, प्रिन्टर २ थान, वाल फ्यान २ थान, ब्याट्री २ थान, इन्भटर १ थान, मोटर हाप इन्च २ थान डिजीटल हाजीरी १ थान, वाईफाई राउटर १ थान र झ्यालका पर्दा ६ थान चोरी भएको वडा कार्यालयले जनाएको छ ।

आज शुक्रबार विहान ९ बजेर ३० मिनेटमा कार्यालय सहयोगी संगिता थारुले कार्यालय खोल्न जाँदा मुख्य ढोका र भित्र सबै कोठाको ताला फोडेर विद्युतिय सामान लगेको अवस्थामा फेला परेको वडा अध्यक्ष लबराज खरेलले जानकारी दिनुभयो । सबै गरेर करिव ४ लाख बराबरको सामान चारी भएको अध्यक्ष खरेलको दावी छ ।

चोरी भएको घटना थाहा पाए लगत्तै अस्थायी प्रहरी पोष्ट फत्तेपुर ´ख` र ईलाका प्रहरी कार्यालय भोजभगवानपुरबाट आएको प्रहरी टोलीले घटना विवरण बुझेर अनुसन्धान अघि बढाएको अध्यक्ष खरेलले बताउनु भयो ।

Next Post

विपन्न र एकल महिलाकालागि तीनमहिने सिलाई कटाई तालिम शुरु

२०८० भाद्र १, शुक्रबार १७:१८
सबिता चन्द नेपालगन्ज  । बाँके युनेस्को क्लबद्धारा नेपालगन्जमा विपन्न, एकल र असहाय महिलाहरुकालागि तीनमहिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ । कतार च्यारिटीको साझेदारीमा बाँके युनेस्को क्लबले शुक्रवारदेखी सो तालिम यहाँ सञ्चालन गरेको हो । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले संयुक्त रुपमा सो […]