बाँके । बाँके जिल्लामा उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज अस्पताल, कोहलपुरमा कोभिड– १९ संक्रमित थप १ जनाको मृत्यु भएको छ ।
मृतक बेलाडी ५ कञ्चनपुर प्रिजातीपुर, निवासी २४ बर्षिया पुरुष रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बोले जनाएको छ ।
सअघि बाँके जिल्ला बाहिराको १४ जनाको मृत्यु भैसकेको छ ।
यससँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट आई भर्ना भएर उपचारको क्रममा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।