बागमतीका मुख्यमन्त्री जम्मकटेलको निर्देशनमा प्रादेशिक अस्पतालहरुमा भर्ना सेवा नि:शुल्क

  ।   २०८० श्रावण २९, सोमबार १६:१९

वाग्मती । आउँदो भदौ १ गतेदेखि वाग्मती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ।

मुख्यमन्त्री शालिकराम जम्कटेलको निर्देशनमा प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै निःशुल्क रूपमा बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको हो ।
नि:शुल्क स्वास्थ्य सेवा दिने ध्येयका साथ प्रदेश सरकार लागेको हो । जनताले सर्वसुलभ ढंगबाट छिटो भन्दा छिटो स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ ।

Next Post

बर्दियामा बाढीका कारण दुई सय ७३ घरधुरी डुबानमा

२०८० श्रावण २९, सोमबार १६:१९
नेपालगन्ज । निरन्तर वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण बर्दियामा दुई सय ७३ घरधुरी डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराका अनुसार हालसम्म प्राप्त पछिल्लो विवरण अनुसार बर्दिया नगरपालिका-८ को भगतपुरमा आठ, दुधमा ४० र वडा ६ गुलरामा १५ घरधुरी […]

सम्बन्धित समाचार