नेपालगन्ज ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य स्वर्गीय दामोदर आचार्यको १३ औं दिनको पुण्य तिथिमा हुने श्रद्धाञ्जली सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) आउने हुनु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष रतन बहादुर शाहीका अनुसार भोलि १ बजे अध्यक्ष प्रचण्ड श्रद्धाञ्जली सभामा आउने बताउनु भयोको हो । उपमहानगर अध्यक्ष शाही आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ,´ नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सदस्य तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन का केन्द्रीय उपाध्यक्ष नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष सामाजिक तथा व्यावसायिक क्षेत्रका एक मुर्धन्य व्यक्तित्व आदरणिय क.दामोदर आचार्यको भोलि दिउँसो १ बजेको श्रद्धाञ्जली सभा मा सहभागी हुन पार्टी अध्यक्ष क. प्रचण्ड आउनु हुने भएकोले सम्पूर्ण पार्टी नेता कार्यकर्ताहरुलाइ उपस्थितिका लागी विशेष जानकारी गर्द्छौ ।`
अध्यक्ष प्रचण्ड आउने भएपछि नेपालगन्जमा हजारौं नेता कार्यकर्ताले तयारी गरिएको नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कार्यालयले जनाएको छ । अध्यक्ष प्रचण्डलाई भव्य स्वागत गर्न भोलि राझा विमानस्थलमा लामबद्ध हुने केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज पुर्णा सुवेदीले बताउनु भयो ।